Share this news.

ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्था लि.को आर्थिक वर्ष २०८३/८४ का लागि वार्षिक नीति तथा कार्यक्रम तर्जुमा बैठक मिति २०८३ जेठ ३० गते संस्थाको मुख्य कार्यालय, पनौती–६, नमोबुद्ध रोड, काभ्रेमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष श्री उद्धव सापकोटा ज्यूको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, प्रमुख कार्यकारी अधिकृत, सेवा केन्द्र संयोजकहरू, विभागीय प्रमुखहरू तथा कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो। बैठकमा संस्थाको वर्तमान अवस्था, आगामी आर्थिक वर्षका सम्भावना तथा चुनौतीहरू, सदस्य सेवा विस्तार, बचत तथा ऋण व्यवस्थापन, सुशासन प्रवर्द्धन, डिजिटल सेवा विस्तार, आन्तरिक नियन्त्रण प्रणाली सुदृढीकरण तथा संस्थागत विकासका विविध विषयहरूमा विस्तृत छलफल गरिएको थियो। छलफलका आधारमा आर्थिक वर्ष २०८३/८४ का लागि संस्थाको नीति, योजना तथा कार्यक्रमहरूको प्रारम्भिक खाका तयार गरिएको छ। साथै सदस्य केन्द्रित सेवा प्रवाह, वित्तीय स्थायित्व, संस्थागत सुशासन तथा दिगो विकासलाई प्राथमिकतामा राखी आगामी कार्यदिशा तय गरिएको छ। बैठकले संस्थाको समग्र विकास, सदस्यहरूको आर्थिक तथा सामाजिक उन्नयन तथा सहकारी मूल्य–मान्यताको प्रभावकारी कार्यान्वयनप्रति आफ्नो प्रतिबद्धता पुनः व्यक्त गरेको छ।




