Share this news.

ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्था लि. को आयोजनामा जनै पूर्णिमाको अवसर पारेर शेयर सदस्यहरूका लागि व्यावसायिक जनै बनाउने आधारभूत तालिम सफलतापूर्वक सम्पन्न भएको छ। संस्थाको मुख्य कार्यालय पनौती–६ मा मिति २०८३ भाद्र १० गते, बुधबारका दिन आयोजित यस तालिमको मुख्य उद्देश्य शेयर सदस्यहरूलाई परम्परागत जनै निर्माणको सीपसँगै आधुनिक प्रविधिको प्रयोगमार्फत व्यावसायिक रूपमा जनै उत्पादन गर्न सक्षम बनाउनु रहेको थियो। तालिममा परम्परागत विधि तथा आधुनिक प्रविधिको संयोजन गर्दै जनै निर्माण गर्ने सीपबारे प्रशिक्षक ज्योतिष दीपक प्रसाद शर्मा दाहालले सहभागीहरूलाई व्यावहारिक प्रशिक्षण प्रदान गर्नुभएको थियो। कार्यक्रममा संस्थाका अध्यक्ष, सचिव, कोषाध्यक्ष, प्रमुख कार्यकारी अधिकृत, विभागीय प्रमुखलगायत कर्मचारीहरू, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष, पदाधिकारी तथा सञ्चारकर्मीहरू र संस्थाका शेयर सदस्यहरूको उपस्थिति रहेको थियो। सीप विकास, उद्यमशीलता प्रवर्द्धन र सदस्यहरूको आयआर्जनमा टेवा पुर्‍याउने उद्देश्यले आयोजित यस कार्यक्रमले परम्परागत संस्कृतिको संरक्षणसँगै स्वरोजगार र व्यावसायिक सम्भावनाको ढोका खोल्ने विश्वास लिइएको छ।

Commitment from Chief Executive Officer (CEO)
Jyoti Mirmire Samuhik Saccos is an excellent cooperative which depends on the community. This cooperative is always working for the better development of the members economically, socially, and culturally. Now, this cooperative is fully
working for the protection of deposits and shares, collection of

Gopal Dahal
Chief Executive Officer

5-stars-white