Share this news.

पनौती स्थित ज्योति मिर्मिरे सामूहिक साकोसको २६ औ वार्षिक साधारण सभा ६ वटा एकाईमा एकाई साधारण सभा गर्दै यहि २०८२ साल कार्तिक १ गते शनिवारका दिन सम्पन्न भएको छ । ”दिगो र उत्कृष्ट वित्तिय सहकारी“ को परिकल्पना गरी समुदायमा आधारित भएर संचालित ज्योति मिर्मिरे सामूहिक साकोस ०८२ आषाढ मसान्त सम्ममा आइपुग्दा काभ्रे जिल्लालाई कार्यक्षेत्र बनाई हाल २०७८२ शेयर सदस्य तथा २०६० बाल बचतकर्ता सदस्यहरु मार्र्फत १ अर्ब ४२ करोड पूँजी संकलन गरी सेवा प्रदान गर्दै आएको कुरा सो अवसरमा संस्थाको कोषाध्यक्ष श्री पूर्णराम तुलाधरले आर्थिक प्रतिवेदन मार्फत प्रस्तुत गर्नुभएको थियो भने संस्थाका सचिव श्री बुद्धसिंह थापाले सचिवको प्रतिवेदन मार्फत संस्थाको हालसम्मको प्रगति प्रतिवेदन र आगामी कार्यक्रम,लेखा संयोजक श्री भिमसेन के सीले लेखा सुपरिवेक्षण प्रतिवेदन र ऋण उप समिति संयोजक श्री केशव वञ्जाराले ऋण लगानी तथा असूलि प्रतिवेदन मार्फत संस्थाको गतिविधीको जानकारी गराउनु भयो । सदस्य सेवालाई प्रतिस्पर्धी र अन्य संस्थाहरुको तुलनामा गुणस्तरीय बनाउनका लागि आधुनिक प्रविधिको अधिकतम उपयोग गरी व्यवस्थित तथा पूर्ण व्यवसायिक ढंगबाट संस्थाको कारोवार सञ्चालन भएको व्यहोरा प्रतिवेदनमा प्रस्तुत गरिएको थियो ।
पानसमा दीप प्रज्वलन गरी २०८२ असोज २५ गते कुशादेवी एकाई र बेथानचोक एकाई साधारण सभाबाट उद्घाटन भएको संस्थाको २६ औ वार्षिक साधारण सभा असोज २६ रोशी,बल्थली र बनेपा इकाईमा र असोज २८ गते मूख्य कार्यालयमा संस्थाका अध्यक्ष श्री उद्धव सापाकोटाले उद्घाटन गर्नुभएको साधारण सभा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन बमोजिम प्रमुख अतिथि तथा अतिथिहरु विना सञ्चालन गरिएको थियो ।
कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री गोपाल दाहालले संस्थाको शेयर पूजि १२,७४,५६,७००,बचत (निक्षेप) रु १,११,२२,६०,७९१,ऋण लगानी रु १,०५,७४,१६,१४३ जगेडा कोष रु ८,८३,७९,६०५,यस वर्ष मात्र शेयर सदस्य वृद्धि २४५६ जना यसैगरी सदस्य मृत्यु राहत,एकाघर परिवार मृत्यु राहत,उपचार राहत,गर्भवति पोषण सहयोग जेष्ठ सदस्य भत्ता,अपाङ सदस्य भत्ता,ऋणि सदस्य मृत्यु राहत लगायतका सदस्य राहत वापत यस वर्ष मात्र रु ४०,५२,००० रुपैयाँको प्रदान गरिएको लगायतका विविध वस्तु तथा सेवाहरुको चर्चा गर्दै संस्थाले हाल सञ्चालन गरेका कार्यक्रम तथा आगामी कार्ययोजनाको जानकारी गराउनु भएको थियो । उक्त कार्यक्रममा संस्थामा आवद्ध भएका उत्कृष्ट ऋणी, बचतकर्ता,बालबचतकर्ता सहित १९ जना महानुभावहरुलाई सम्मान समेत गरिएको थियो । उक्त साधारण सभामा संस्थाका ७०.६४ प्रतिशत सदस्यको उपस्थिती रहेको थियो ।



