Share this news.

साविक ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्था लि. पनौती न.पा. वडा नं ६ र साविक युवा स्वालम्बन वहुउद्धेश्यीय सहकारी संस्था लि. बेथानचोक गा.पा. वडा नं २ विच एकिकरण भई बनेको ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्था लि. को सयुक्त साधारण सभाको प्रत्येक एकाईबाट छनोट भएका प्रतिनिधिहरूको सभा संस्थाको सभाहलमा अध्यक्ष उद्धव सापकोटाको अध्यक्षता ७३.२७ प्रतिशत सदस्यको उपस्थितिमा सम्पन्न भयो । उक्त साधारण सभाबाट ४ वर्षे कार्यकालका लागि सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको चयन,तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भयो। निर्वाचित हुनुहुने सम्पूर्ण पदाधिकारीहरुलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं।




