Share this news.


ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्था लि। पनौती–६,नमोबुद्धरोड काभ्रेको संस्था स्थापनाको २५ वर्ष पुगेको अवसरमा रजत वर्ष २०८१ मनाउने सन्दर्भमा आयोजित अन्तर सहकारी स्तरीय मैत्रीपूर्ण टेबल टेनिस प्रतियोगिता संस्थाका अध्यक्ष श्री उद्धव सापकोटाले व्यानर बाचन गरि सुरु गरिएको कार्यक्रममा सामुदायिक साकोस, विन्धवासिनि साकोस, बुडोल सामुदायिक साकोस, आर्थिक विकास मित्र साकोस,उद्यम विकास साकोस, रोशि साकोस र ज्योति मिर्मिरे सामूहिक साकोस सहितसातवटा संस्थाको सहभागिता रहेको थियो । नकआउट चरणमा खेलाईएको उक्त खेलमा पाँचखाल न.पा. वडा नं ४ स्थित आर्थिक विकास मित्र साकोस प्रथम, पनौती न.पा. वडा नं ६स्थित ज्योति मिर्मिरे सामूहिक साकोस द्धितिय,पनौती न.पा.वडा नं ४ स्थित सामुदायिक साकोस तृतिय र पनौती न.पा. वडा नं ७ स्थितउद्यम विकास साकोस सान्त्वना स्थान प्राप्त गर्न सफल भएको थियो । प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुने संस्थालाई ट्रफि,मेडल र सहभागि संस्थाहरुलाई कदर पत्र तथा मायाको चिनो समापन कार्यक्रमका प्रमुख अतिथि पनौती नगरपालिका वडा नं। ४ का वडा अध्यक्ष श्री दिपकप्रसाद दाहालबाट वितरण गरीएको थियो । उक्त प्रतियोगिताको रेफ्रीको रुपमा सिजन सुधाकर र अजयसिंह खड्का रहनुभएको थियो भने कार्यक्रम संचालन संस्थाका प्रमुख कार्यकारी अधिकृत गोपाल दाहालले गर्नुभएको थियो ।



