Share this news.
ग्लोबल मनि विक (Global Money Week) २०२६ को सन्दर्भमा ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्था लि. (JMS) ले समुदायमा वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यका साथ सञ्चालन गरेको “स्कुल–स्कुलमा जेएमएस” अभियान अन्तर्गत बनेपा–५ स्थित हिमालय माध्यमिक विद्यालयमा एक विशेष कार्यक्रम सम्पन्न भएको छ। “आफ्नो पैसा सुरक्षित गरौँ, आफ्नो भविष्य सुरक्षित गरौँ” भन्ने मूल नारालाई आत्मसाथ गर्दै आयोजित उक्त कार्यक्रममा विद्यालयका ४१ जना विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा विद्यार्थीहरूलाई सानै उमेरदेखि बचत गर्ने बानीको विकास, फजुल खर्च नियन्त्रण, र सहकारीको माध्यमबाट आर्थिक अनुशासन कसरी कायम गर्ने भन्ने विषयमा व्यवहारिक ज्ञान प्रदान गरिएको थियो।
यस कार्यक्रमले विद्यार्थीहरूमा पैसाको सही व्यवस्थापन र भविष्यका लागि योजना बनाउने सीपको विकास गर्न महत्वपूर्ण भूमिका खेलेको छ। आगामी पुस्तालाई आर्थिक रूपमा सचेत र जिम्मेवार बनाउन विद्यालय स्तरमा पुगेर सञ्चालन गरिने यस्ता साक्षरता अभियानले समाजको समग्र आर्थिक विकासमा दीर्घकालीन योगदान पुर्याउने विश्वास संस्थाले लिएको छ। ज्योति मिर्मिरेले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता रचनात्मक कार्यक्रमहरूलाई निरन्तरता दिँदै आएको छ, जसले विद्यार्थीहरूलाई वित्तीय रूपमा साक्षर र भविष्यका लागि आत्मनिर्भर बन्न प्रेरित गर्दछ।

Commitment from Chief Executive Officer (CEO)
Jyoti Mirmire Samuhik Saccos is an excellent cooperative which depends on the community. This cooperative is always working for the better development of the members economically, socially, and culturally. Now, this cooperative is fully
working for the protection of deposits and shares, collection of

Gopal Dahal
Chief Executive Officer

5-stars-white