Share this news.

ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना र सुप्रिम डेन्टल केयरको सहकार्यमा एकदिने घुम्ती दन्त शिविर धुलिखेल नगरपालिका वडा नं.११ सल्लेपानी काभ्रेपलाञ्चोकमा सम्पन्न भएको छ । २०८२ साल पौष २१ गते आयोजित उक्त शिविर संस्थाका सञ्चालक समिति सदस्य सरिता गिरीको अध्यक्षतामा सञ्चालन गरिएको हो । शिविरमा सहकारीका सदस्य तथा स्थानीय बासिन्दा गरी ४९ जनाको सहभागिता रहेकोमा ४२ जनाको निःशुल्क दन्त परीक्षण गरिएको थियो । परीक्षण अवधिमा दाँत र गिजासम्बन्धी समस्या पहिचान गरी आवश्यक औषधीय सिफारिस, उपचार परामर्श र थप उपचारका लागि मार्गनिर्देशन प्रदान गरिएको संस्थाले जनाएको छ । कार्यक्रममा संस्थाबाट सञ्चालक समित, कर्मचारीहरुको उपस्थिती व्यवस्थापन तथा समन्वयमा सक्रिय भूमिका निर्वाह गरेका थिए । दन्त चिकित्सक टोलीले सहभागीहरूलाई दन्त सरसफाइ विधि, नियमित परीक्षणको महत्व र स्वस्थ जीवनशैलीसम्बन्धी व्यवहारिक जानकारी समेत दिएको थियो । सहकारी संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सञ्चालित शिविरले समुदायमा दन्त स्वास्थ्य सचेतना बढाउनुका साथै सदस्य सेवा प्रवाहमा सकारात्मक प्रभाव पारेको निष्कर्ष लिएको छ ।








