Share this news.

ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्था लि.२५ औं वर्षमा प्रवेश गरेको अवसरमा आयोजित रजत वर्ष महोत्सव समारोह २०८१ संस्थाका अध्यक्ष श्री उद्धव सापकोटाको अध्यक्षता र नेपाल सरकार भुमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री माननीय श्री बलराम अधिकारी ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । उक्त कार्यक्रममा प्रमुख अतिथि माननीय मन्त्री श्री बलराम अधिकारीले संस्थाको हालको अवस्था, कारोबारको स्थिति र क्रियाकलापका आधारमा संस्था सुशासनमा रहेको र यस संस्थाले समुदायमा गरेका विविध क्रियाकलापहरुका आधारमा समुदायमा आधारीत संस्था भएकाले संस्थाको उत्तरोउत्तर प्रगति र सफलताको शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा राष्ट्रिय सहकारी महाँसंघ, नेफ्स्कुन, बागमती प्रदेश सहकारी संघ, बागमती प्रोस्कुन, जिल्ला सहकारी संघ, जिल्ला बचत संघ, जनप्रतिनिधीहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधीहरु, छिमेकी संस्थाका अध्यक्ष एवं प्रतिनिधीहरु, पत्रकार महाँसंघ काभ्रेका अध्यक्ष लगाएत काभ्रेमा क्रियाशिलपत्रकार ज्यूहरु एवं संस्थापक सदस्य, पुर्व सञ्चालक,पूर्व कर्मचारी, जेष्ठ सदस्य लगाएतका महानुभावहरुको शुभकामना र आतिथ्यतामा रहेको थियो । कार्यक्रममा उत्कृष्ठ शैक्षिक व्यक्तित्व श्री रामप्रसाद अधिकारी, विशिष्ट सदस्य सम्मान अन्तराष्ट्रिय स्वर्णपदक विजेता केशव थापा, उत्कृष्ट सदस्य सम्मान श्री जयराम तिमल्सिना, दीर्घसेवा पदकबाट कर्मचारी सुनिता हुमागाइ र साधुराम थापा, उत्कृष्ट एसईई, पुर्व कर्मचारी, जेष्ठ सदस्य, पुर्व सञ्चालक र संस्थापक सदस्य लगायत ३५७ जना महानुभावहरुलाइृ विभिन्न विधामा सम्मान गरिएको थियो । कार्यक्रम सफल पार्न हाम्रो निमन्त्रणालाई स्वीकार गरी पाल्नुहुने प्रमुख अतिथि माननीय मन्त्री ज्यू, विशिष्ट अतिथि ज्यूहरु,अतिथि ज्यूहरु लगायत उपस्थित सम्पुर्णमा हार्दिक आभार व्यक्त गर्दछौं ।













