Share this news.

ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्था लि।को बेथानचोक–२ स्थित सदस्य सेवा केन्द्रको स्थानान्तरण तथा जनप्रतिनीधिसँग अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ। संस्थाका अध्यक्ष उद्धव सापकोटाज्यूको सभापतित्व तथा बेथानचोक गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बेथानचोक गाउँपालिका वडा नं २ र ५ का वडा अध्यक्ष तथा अन्य जनप्रतिनिधि, सञ्चालक समिति, सेवा केन्द्र सञ्चालन उपसमिति, प्रमुख कार्यकारी अधिकृत, विभागीय प्रमुख तथा शेयर सदस्यहरूको सहभागिता रहेको थियो। उक्त कार्यक्रममा प्रमुख अतिथि तारा राना तिमल्सिनाले सदस्य केन्द्रित सेवा, उद्यमशीलता प्रवर्द्धन, उत्पादनमूलक क्षेत्रमा लगानी, सहकारी सुशासन तथा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशनलाई पालना गर्दै सञ्चालित यस संस्थाले भविष्यमा यस्तै सह्रानीय कार्य गर्न सुझाव दिनुभएको थियो। कार्यक्रममा वडा नं २ का वडा अध्यक्ष श्री पुरुषोत्तम तिमल्सिनाले सदस्यलाई सहज वित्तीय सेवा प्रदान गर्दै सीप, उद्यम र स्वरोजगारमार्फत आर्थिक आत्मनिर्भरता बढाउन सुभकामना दिदै संस्थालाइृ सहयोग गर्न वडा सधै तत्पर रहेको विषय व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री गोपाल दाहालले सदस्यहरूलाई केवल बचत तथा ऋण सेवामा सीमित नराखी सीप, उद्यम र स्वरोजगारसँग जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने विषयलाई संस्थाले प्राथमिकतामा राखिएको जानकारी गराउँदै स्थानीय स्रोत, साधन र सम्भावनाको पहिचान गरी कृषि, पशुपालन, घरेलु तथा साना उद्यमलगायत उत्पादनमूलक क्षेत्रमा सहकारीमार्फत सहजीकरण गर्ने विषय राख्नुभयो ।
त्यसैगरी सभापति तथा संस्थाका अध्यक्ष श्री उद्धव सापकोटाले नेपालको सहकारी क्षेत्रमा पछिल्लो समय देखिएका चुनौती, सुशासन, पारदर्शिता, वित्तीय अनुशासन तथा प्रभावकारी नियमनका विषयमा जानकारी गराउँदै राष्ट्रिय सहकारी नियमन प्राधिकरणको गठन तथा सहकारी क्षेत्रको नियमनलाई थप व्यवस्थित बनाउने क्रममा यस संस्थाले नियामकीय व्यवस्था, सुशासन र पारदर्शितालाई आत्मसात् गर्दै सदस्यको हितलाई केन्द्रमा राखेर सेवा प्रवाह गरेको विषयमा जोड दिनुभएको थियो।
सेवाकेन्द्र संयोजक चन्द्रप्रसाद तिमल्सिनाको सञ्चालन तथा रामप्रसाद तिमल्सिनाको स्वागत मन्तव्य रहको कार्यक्रममासेवा केन्द्र स्थानान्तरणसँगै बेथानचोक क्षेत्रका सदस्यलाई सहज, छिटो, प्रभावकारी र सदस्यको आवश्यकतामा आधारित वित्तीय सेवा उपलब्ध गराउने संस्थाको उद्देश्य रहेको जनाइएको थियो । कार्यक्रमले सहकारी, स्थानीय सरकार, जनप्रतिनिधि तथा सदस्यबीचको सम्बन्धलाई थप सुदृढ गर्दै स्थानीय आर्थिक विकासमा सहकार्यको नयाँ आधार निर्माण गर्ने अपेक्षा गरिएको छ।





