Share this news.

पनौती, १२ जेठ
पनौती नगरपालिकाको आर्थिक सहयोग र “गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा)” अन्तर्गत, स्थानीय महिलाहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आजदेखि हस्तकला तालिम सुरु भएको छ। ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको समन्वयमा सञ्चालित यस तालिमले परम्परागत सीपको संरक्षण र महिलाहरूको आर्थिक आत्मनिर्भरतालाई विशेष प्राथमिकतामा राखेको छ।
संस्थाको मुख्य कार्यालय, पनौती-६, नमोबुद्धरोडमा आयोजित उद्घाटन सत्र संस्थाका कोषाध्यक्ष श्री पूर्णराम तुलाधरको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा पनौती नगरपालिकाकी कार्यपालिका सदस्य श्री सुनमाया श्रेष्ठले प्रमुख अतिथिको रूपमा तालिमको औपचारिक उद्घाटन गर्नुभयो। उद्घाटन मन्तव्य राख्दै प्रमुख अतिथि श्रेष्ठले स्थानीय सीपहरूको आधुनिकीकरण र प्रवद्र्धनबाट मात्रै महिलाहरूलाई आर्थिक रूपमा बलियो बनाउन सकिने बताउनुभयो।
कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री गोपाल दाहालले वित्तीय पहुँचका साथै सदस्यहरूको व्यावसायिक क्षमता विकासमा सहकारीको भूमिकाबारे प्रकाश पार्नुभयो। साथै, नगरपालिकाका उद्यम सहजकर्ता श्री सुदर्शन कार्कीले तालिमको व्यावहारिक पक्ष र यसबाट प्राप्त हुने अवसरहरूबारे सहजीकरण गर्नुभएको थियो।
संस्थाका व्यवसाय विभाग प्रमुख श्री पुरुषोत्तम दाहालद्वारा सञ्चालित उक्त तालिममा ३२ जना दिदीबहिनीहरूको सहभागिता रहेको छ। आगामी जेठ २६ गतेसम्म चल्ने यस तालिममा सहभागीहरूलाई निङ्गालोबाट विभिन्न घरेलु तथा व्यावसायिक सामग्रीहरू बनाउने व्यावहारिक ज्ञान र सीप प्रदान गरिनेछ।
सदस्यहरूको सामाजिक र आर्थिक रूपान्तरणलाई आफ्नो मुख्य ध्येय बनाएको ज्योति मिर्मिरे सामूहिक साकोसले यस प्रकारका तालिमहरूबाट महिलाहरूलाई उद्यमशील बनाउँदै स्वरोजगार सिर्जना गर्न थप टेवा पुग्ने विश्वास लिएको छ।

Commitment from Chief Executive Officer (CEO)
Jyoti Mirmire Samuhik Saccos is an excellent cooperative which depends on the community. This cooperative is always working for the better development of the members economically, socially, and culturally. Now, this cooperative is fully
working for the protection of deposits and shares, collection of

Gopal Dahal
Chief Executive Officer

5-stars-white