https://www.facebook.com/61551870183233/videos/1421086018536743

संस्थाकाे ११ औ एकिकरण सम्पन्न

विगत २४ वर्ष देखि समूदायमा सहकारी मार्फत विभिन्न सेवा दिदैं अाएकाे दिगाे र उत्कृष्ट सहकारी ज्योती मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड पनौती,६ काभ्रेकाे ११ औ एकिकरण दिवस सेवाकेन्द्रहरु र केन्द्रिय कार्यालयमा समेत गरी ३ सय ६६ जना जेष्ठ सदस्य, १४ अपाङ्गता सदस्य, ४ जना एसईई उत्कृष्ट सदस्य, उत्कृष्ट बचतकर्ता, ऋणी, उत्कृष्ट कारोवार गर्ने सदस्यहरुलाई सम्मान, माइती बृद्धाआश्रममा रासन सहयाेग र खुल्ला रक्तदानबाट ६० जना रक्तदाताहरूबाट रक्तदान गरि सम्पन्न गरेको छ ।

नेपालमा पहिलाे पटक ४ वटा सहकारी एकिकरण गरि सहकारी एकिकरणमा आफ्नाे छुट्टै परिचय बनाउन सफल यस संस्थाले यस पटक ११ औ एकिकरण दिवस सेवाकेन्द्र स्तरीय सम्मान कार्यक्रम आयाेजना गरि सम्पन्न गरेकाे छ । जसमा २०८० फाल्गुन १२ गते बल्थलीमा रहेकाे जन्मज्याेती सेवाकेन्द्र, १३ गते राेशीमा रहेकाे राेशि सेवाकेन्द्र, १३ गते नै बनेपामा रहेकाे बनेपा सेवाकेन्द्र, १४गते कुशादेवीमा रहेकाे कुशादेवी सेवाकेन्द्र, १८ गते बेथान्चोकमा रहेकाे बेथानचाेक सेवाकेन्द्रमा र १९ गते मिर्मिरे सेवाकेन्द्र, सामूिहक सेवाकेन्द्र र मुख्य कार्यालयका सदस्यहरूलाइ मुख्य कार्यालयमा विशेष कार्यक्रमकाे आयाेजना गरि सम्मान गरिएकाे थियाे ।

१९ गते मुख्य कार्यालयमा सम्पन्न कार्यक्रम पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्यतामा थियाे भने संस्थाका अध्यक्ष उद्धव सापकोटा सभाध्यक्ष रहेकाे थियाे ।कार्यक्रममा बागमती प्रदेश सहकारीका संचालक ठाकुर बास्कोटा, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघका सह सचिव विकास बादे, वडा अध्यक्ष भिमसेन आचार्य लगायतले सहकारीले समुदायमा पुर्याएको योगदानको चर्चा गरेका थिए ।

कार्यक्रममा बोल्दै नगर प्रमुख भण्डारीले सहकारीले इतिहास, वर्तमान र भविश्यसम्मलाई जोडेर सदस्यहरुलाई सेवा प्रदान गरिरहेको बताए । शहरमुखी केहि सहकारी संस्थाहरुले गरेका कृयाकलापका कारण समग्र सहकारीहरुलाई हेर्ने दृष्टिकोण नै फरक भएको बताउँदै नगर प्रमुख भण्डारीले सदस्यहरु प्रलोभनमा भन्दा नीति नियममा चलेका सहकारीहरुलाई विश्वास गर्न लाग्नु पर्ने बताए । कार्यक्रम संस्थाका प्रमुख कार्यकारी अधिकृत गाेपाल दाहालले संचालन गरेका थिए भने, उपाध्यक्ष कान्छीमाया थापाले स्वागत मन्तव्य राखेकी थिईन् ।

सोहि अवसरमा सल्लाहकारद्धय रमेश पौडेल र तुयुकाजी ताम्राकार, एकिकरण पुर्वका संस्थाका प्रतिनिधि विदुर हुमागाई, संस्थाका सचिव बुद्ध सिं थापा र कोषाध्यक्ष पूर्णराम तुलाधरले संस्थाले सदस्यमुखी कार्यक्रमहरु आयोजना गरिरहेको बताएका थिए ।

कार्यक्रममा ७५ वर्ष नाघेका १ सय ७४ जना जेष्ठ सदस्यहरुलाई जेष्ठ नागरिक भत्ता उपलब्ध गराईएको घोषणा गरिएको थियो भने ७० वर्ष नाघेका एक आर्थिक वर्ष भित्रका ३ सय ६६ जनालाई विभिन्न प्रकारबाट सम्मान गरिएको थियो । एकिकरण दिवसको अवसर पारी संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा १२३ जनाकाे सहभागीता र ६० जनाले रक्तदान गरिएकाे थियाे र १४ अपाङ्गता सदस्य, ४ जना एसईई उत्कृष्ट सदस्य, मासिक उत्कृष्ट बचत, ऋणी कारोवार गर्ने सदस्यहरुलाई सम्मान र माइती बृद्धाआश्रममा रासन सहयाेग समेत सहयाेग गरिएकाे थियाे ।