पनौतीमा महिला आत्मनिर्भरताका लागि निङ्गालो हस्तकला तालिम सुरु: ज्योति मिर्मिरे साकोसको समन्वय
पनौती, १२ जेठ पनौती नगरपालिकाको आर्थिक सहयोग र "गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा)" अन्तर्गत, स्थानीय महिलाहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आजदेखि हस्तकला तालिम सुरु भएको छ। ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको समन्वयमा सञ्चालित यस तालिमले परम्परागत सीपको संरक्षण र महिलाहरूको आर्थिक आत्मनिर्भरतालाई विशेष प्राथमिकतामा राखेको छ। संस्थाको मुख्य कार्यालय, पनौती-६, नमोबुद्धरोडमा आयोजित उद्घाटन सत्र संस्थाका कोषाध्यक्ष श्री पूर्णराम तुलाधरको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा पनौती नगरपालिकाकी कार्यपालिका सदस्य श्री सुनमाया श्रेष्ठले प्रमुख अतिथिको रूपमा तालिमको औपचारिक उद्घाटन गर्नुभयो। उद्घाटन मन्तव्य राख्दै प्रमुख अतिथि श्रेष्ठले स्थानीय सीपहरूको आधुनिकीकरण र प्रवद्र्धनबाट मात्रै महिलाहरूलाई आर्थिक रूपमा
ग्लोबल मनि विक (Global Money Week) २०२६ को सन्दर्भमा समुदायमा वित्तीय साक्षरता
ग्लोबल मनि विक (Global Money Week) २०२६ को सन्दर्भमा ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्था लि. (JMS) ले समुदायमा वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यका साथ सञ्चालन गरेको "स्कुल–स्कुलमा जेएमएस" अभियान अन्तर्गत बनेपा–५ स्थित हिमालय माध्यमिक विद्यालयमा एक विशेष कार्यक्रम सम्पन्न भएको छ। "आफ्नो पैसा सुरक्षित गरौँ, आफ्नो भविष्य सुरक्षित गरौँ" भन्ने मूल नारालाई आत्मसाथ गर्दै आयोजित उक्त कार्यक्रममा विद्यालयका ४१ जना विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा विद्यार्थीहरूलाई सानै उमेरदेखि बचत गर्ने बानीको विकास, फजुल खर्च नियन्त्रण, र सहकारीको माध्यमबाट आर्थिक अनुशासन कसरी कायम गर्ने भन्ने विषयमा व्यवहारिक ज्ञान प्रदान गरिएको थियो। यस कार्यक्रमले विद्यार्थीहरूमा पैसाको सही व्यवस्थापन
राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट इजाजतपत्र प्राप्त
यस ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्था लि.बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखिकरण मापदण्ड, २०८२ को दफा ४ बमोजिम राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा दर्ता भई संस्थाले सञ्चालनको इजाजतपत्र प्राप्त गरेको छ।
एकदिने घुम्ती दन्त शिविर
ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना र सुप्रिम डेन्टल केयरको सहकार्यमा एकदिने घुम्ती दन्त शिविर धुलिखेल नगरपालिका वडा नं.११ सल्लेपानी काभ्रेपलाञ्चोकमा सम्पन्न भएको छ । २०८२ साल पौष २१ गते आयोजित उक्त शिविर संस्थाका सञ्चालक समिति सदस्य सरिता गिरीको अध्यक्षतामा सञ्चालन गरिएको हो । शिविरमा सहकारीका सदस्य तथा स्थानीय बासिन्दा गरी ४९ जनाको सहभागिता रहेकोमा ४२ जनाको निःशुल्क दन्त परीक्षण गरिएको थियो । परीक्षण अवधिमा दाँत र गिजासम्बन्धी समस्या पहिचान गरी आवश्यक औषधीय सिफारिस, उपचार परामर्श र थप उपचारका लागि मार्गनिर्देशन प्रदान गरिएको संस्थाले जनाएको छ । कार्यक्रममा संस्थाबाट सञ्चालक समित, कर्मचारीहरुको उपस्थिती व्यवस्थापन तथा समन्वयमा
ज्योति मिर्मिरे सामूहिक साकोसको २६ औ वार्षिक साधारण सभा ६ वटा एकाईमा
पनौती स्थित ज्योति मिर्मिरे सामूहिक साकोसको २६ औ वार्षिक साधारण सभा ६ वटा एकाईमा एकाई साधारण सभा गर्दै यहि २०८२ साल कार्तिक १ गते शनिवारका दिन सम्पन्न भएको छ । ”दिगो र उत्कृष्ट वित्तिय सहकारी“ को परिकल्पना गरी समुदायमा आधारित भएर संचालित ज्योति मिर्मिरे सामूहिक साकोस ०८२ आषाढ मसान्त सम्ममा आइपुग्दा काभ्रे जिल्लालाई कार्यक्षेत्र बनाई हाल २०७८२ शेयर सदस्य तथा २०६० बाल बचतकर्ता सदस्यहरु मार्र्फत १ अर्ब ४२ करोड पूँजी संकलन गरी सेवा प्रदान गर्दै आएको कुरा सो अवसरमा संस्थाको कोषाध्यक्ष श्री पूर्णराम तुलाधरले आर्थिक प्रतिवेदन मार्फत प्रस्तुत गर्नुभएको थियो भने संस्थाका सचिव श्री बुद्धसिंह थापाले सचिवको प्रतिवेदन मार्फत संस्थाको
रजत वर्ष महोत्सव समारोह २०८१
ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्था लि.२५ औं वर्षमा प्रवेश गरेको अवसरमा आयोजित रजत वर्ष महोत्सव समारोह २०८१ संस्थाका अध्यक्ष श्री उद्धव सापकोटाको अध्यक्षता र नेपाल सरकार भुमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री माननीय श्री बलराम अधिकारी ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । उक्त कार्यक्रममा प्रमुख अतिथि माननीय मन्त्री श्री बलराम अधिकारीले संस्थाको हालको अवस्था, कारोबारको स्थिति र क्रियाकलापका आधारमा संस्था सुशासनमा रहेको र यस संस्थाले समुदायमा गरेका विविध क्रियाकलापहरुका आधारमा समुदायमा आधारीत संस्था भएकाले संस्थाको उत्तरोउत्तर प्रगति र सफलताको शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा राष्ट्रिय सहकारी महाँसंघ, नेफ्स्कुन, बागमती प्रदेश सहकारी संघ, बागमती प्रोस्कुन, जिल्ला
अन्तर सहकारी स्तरीय मैत्रीपूर्ण टेबल टेनिस प्रतियोगिता
ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्था लि। पनौती–६,नमोबुद्धरोड काभ्रेको संस्था स्थापनाको २५ वर्ष पुगेको अवसरमा रजत वर्ष २०८१ मनाउने सन्दर्भमा आयोजित अन्तर सहकारी स्तरीय मैत्रीपूर्ण टेबल टेनिस प्रतियोगिता संस्थाका अध्यक्ष श्री उद्धव सापकोटाले व्यानर बाचन गरि सुरु गरिएको कार्यक्रममा सामुदायिक साकोस, विन्धवासिनि साकोस, बुडोल सामुदायिक साकोस, आर्थिक विकास मित्र साकोस,उद्यम विकास साकोस, रोशि साकोस र ज्योति मिर्मिरे सामूहिक साकोस सहितसातवटा संस्थाको सहभागिता रहेको थियो । नकआउट चरणमा खेलाईएको उक्त खेलमा पाँचखाल न.पा. वडा नं ४ स्थित आर्थिक विकास मित्र साकोस प्रथम, पनौती न.पा. वडा नं ६स्थित ज्योति मिर्मिरे सामूहिक साकोस द्धितिय,पनौती न.पा.वडा नं ४ स्थित सामुदायिक साकोस तृतिय
व्यवस्थापनको तर्फबाट स्वागत तथा बधाई कार्यक्रम
संस्थाका प्रमुख कार्यकारी अधिकृत ज्यूको सभापतित्वमा नव निर्वाचित सञ्चालक तथा लेखा सुपरीवेक्षण समितिका पदाधिकारीहरुलाई व्यवस्थापनको तर्फबाट स्वागत तथा बधाई कार्यक्रम संस्थाको सभाहलमा सम्पन्न ।
ज्योति मिर्मिरे सामूहिक साकाेसकाे २५ औं नियमित तथा संयुक्त साधारण सभा सम्पन्न
साविक ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्था लि. पनौती न.पा. वडा नं ६ र साविक युवा स्वालम्बन वहुउद्धेश्यीय सहकारी संस्था लि. बेथानचोक गा.पा. वडा नं २ विच एकिकरण भई बनेको ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्था लि. को सयुक्त साधारण सभाको प्रत्येक एकाईबाट छनोट भएका प्रतिनिधिहरूको सभा संस्थाको सभाहलमा अध्यक्ष उद्धव सापकोटाको अध्यक्षता ७३.२७ प्रतिशत सदस्यको उपस्थितिमा सम्पन्न भयो । उक्त साधारण सभाबाट ४ वर्षे कार्यकालका लागि सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको चयन,तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भयो। निर्वाचित हुनुहुने सम्पूर्ण पदाधिकारीहरुलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं।
संस्थाकाे संयुक्त साधारण सभाको प्रथम एकाई बैठक
साविक ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्था लि. पनौती न.पा.६ र युवा स्वावलम्बन बहुउद्धेश्यीय सहकारी संस्था लि. बेथानचोक गा.पा. २ बिच एकीकरण भई बनेकाे ज्याेति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्थाकाे संयुक्त साधारण सभाको प्रथम एकाई बैठक बेथानचोक–२, पार्वति मा.वि.को प्राङ्गणमा संस्थाका अध्यक्ष उद्धव सापकोटाको सभापतित्वमा १३६५ जना शेयर सदस्यहरुको उपस्थितीमा सम्पन्न भयाे ।











