esx69

बेथानचोक सेवा केन्द्रको स्थानान्तरण तथा जनप्रतिनीधिसँग अन्तक्रिया कार्यक्रम

By |१ महिना अगाडि|Categories: News and Activities|

ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्था लि।को बेथानचोक–२ स्थित सदस्य सेवा केन्द्रको स्थानान्तरण तथा जनप्रतिनीधिसँग अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ। संस्थाका अध्यक्ष उद्धव सापकोटाज्यूको सभापतित्व तथा बेथानचोक गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बेथानचोक गाउँपालिका वडा नं २ र ५ का वडा अध्यक्ष तथा अन्य जनप्रतिनिधि, सञ्चालक समिति, सेवा केन्द्र सञ्चालन उपसमिति, प्रमुख कार्यकारी अधिकृत, विभागीय प्रमुख तथा शेयर सदस्यहरूको सहभागिता रहेको थियो। उक्त कार्यक्रममा प्रमुख अतिथि तारा राना तिमल्सिनाले सदस्य केन्द्रित सेवा, उद्यमशीलता प्रवर्द्धन, उत्पादनमूलक क्षेत्रमा लगानी, सहकारी सुशासन तथा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशनलाई पालना गर्दै सञ्चालित यस संस्थाले भविष्यमा यस्तै सह्रानीय कार्य

Comments Off on बेथानचोक सेवा केन्द्रको स्थानान्तरण तथा जनप्रतिनीधिसँग अन्तक्रिया कार्यक्रम

व्याजदर परिमार्जन सम्बन्धमा २०८३-०२-०९

By |२ महिना अगाडि|Categories: Notices|

आदरणिय शेयर सदस्य ज्यूहरू, सहकारी संस्थाको हालको वित्तीय बजारलाई मध्यनजर गर्दै बचत तथा ऋण सेवाको ब्याजदर परिमार्जन गरिएको छ। परिमार्जन गरिएका नयाँ ब्याजदरहरू २०८३ साल भाद्र ११ गतेदेखि लागू हुनेछन्। १. बचत सेवाका उत्पादनहरू र नयाँ ब्याजदर * नियमित बचत योजना: ५%, * नियमित बचत योजना (१० वर्षे): १०%, * नियमित बचत योजना (१५ वर्षे): ११%, * नियमित बचत योजना (१५ वर्ष माथि): १२%, * कोपिला नियमित बचत योजना: ६%, * साधारण बचत योजना: २.५%, * विशेष बचत योजना: ४%, * दैनिक बचत: २.५%, * लघुवित्त बचत योजना: ५%, * बाल खुत्रुके बचत योजना: ६%, * नारी तिज बचत योजना:

Comments Off on व्याजदर परिमार्जन सम्बन्धमा २०८३-०२-०९

परम्परागत सीपसँग आधुनिक प्रविधिको संगम: ज्योति मिर्मिरे सहकारीद्वारा जनै बनाउने तालिम सम्पन्न

By |२ महिना अगाडि|Categories: News and Activities|

ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्था लि. को आयोजनामा जनै पूर्णिमाको अवसर पारेर शेयर सदस्यहरूका लागि व्यावसायिक जनै बनाउने आधारभूत तालिम सफलतापूर्वक सम्पन्न भएको छ। संस्थाको मुख्य कार्यालय पनौती–६ मा मिति २०८३ भाद्र १० गते, बुधबारका दिन आयोजित यस तालिमको मुख्य उद्देश्य शेयर सदस्यहरूलाई परम्परागत जनै निर्माणको सीपसँगै आधुनिक प्रविधिको प्रयोगमार्फत व्यावसायिक रूपमा जनै उत्पादन गर्न सक्षम बनाउनु रहेको थियो। तालिममा परम्परागत विधि तथा आधुनिक प्रविधिको संयोजन गर्दै जनै निर्माण गर्ने सीपबारे प्रशिक्षक ज्योतिष दीपक प्रसाद शर्मा दाहालले सहभागीहरूलाई व्यावहारिक प्रशिक्षण प्रदान गर्नुभएको थियो। कार्यक्रममा संस्थाका अध्यक्ष, सचिव, कोषाध्यक्ष, प्रमुख कार्यकारी अधिकृत, विभागीय प्रमुखलगायत कर्मचारीहरू, नेपाल पत्रकार महासंघ

Comments Off on परम्परागत सीपसँग आधुनिक प्रविधिको संगम: ज्योति मिर्मिरे सहकारीद्वारा जनै बनाउने तालिम सम्पन्न

आ.व. २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम तर्जुमा बैठक सम्पन्न

By |४ महिना अगाडि|Categories: News and Activities|

ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्था लि.को आर्थिक वर्ष २०८३/८४ का लागि वार्षिक नीति तथा कार्यक्रम तर्जुमा बैठक मिति २०८३ जेठ ३० गते संस्थाको मुख्य कार्यालय, पनौती–६, नमोबुद्ध रोड, काभ्रेमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष श्री उद्धव सापकोटा ज्यूको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, प्रमुख कार्यकारी अधिकृत, सेवा केन्द्र संयोजकहरू, विभागीय प्रमुखहरू तथा कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो। बैठकमा संस्थाको वर्तमान अवस्था, आगामी आर्थिक वर्षका सम्भावना तथा चुनौतीहरू, सदस्य सेवा विस्तार, बचत तथा ऋण व्यवस्थापन, सुशासन प्रवर्द्धन, डिजिटल सेवा विस्तार, आन्तरिक नियन्त्रण प्रणाली सुदृढीकरण तथा संस्थागत विकासका विविध विषयहरूमा विस्तृत छलफल गरिएको थियो। छलफलका

Comments Off on आ.व. २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम तर्जुमा बैठक सम्पन्न

पनौतीमा महिला आत्मनिर्भरताका लागि निङ्गालो हस्तकला तालिम सुरु: ज्योति मिर्मिरे साकोसको समन्वय

By |५ महिना अगाडि|Categories: News and Activities|

पनौती, १२ जेठ पनौती नगरपालिकाको आर्थिक सहयोग र "गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा)" अन्तर्गत, स्थानीय महिलाहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आजदेखि हस्तकला तालिम सुरु भएको छ। ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको समन्वयमा सञ्चालित यस तालिमले परम्परागत सीपको संरक्षण र महिलाहरूको आर्थिक आत्मनिर्भरतालाई विशेष प्राथमिकतामा राखेको छ। संस्थाको मुख्य कार्यालय, पनौती-६, नमोबुद्धरोडमा आयोजित उद्घाटन सत्र संस्थाका कोषाध्यक्ष श्री पूर्णराम तुलाधरको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा पनौती नगरपालिकाकी कार्यपालिका सदस्य श्री सुनमाया श्रेष्ठले प्रमुख अतिथिको रूपमा तालिमको औपचारिक उद्घाटन गर्नुभयो। उद्घाटन मन्तव्य राख्दै प्रमुख अतिथि श्रेष्ठले स्थानीय सीपहरूको आधुनिकीकरण र प्रवद्र्धनबाट मात्रै महिलाहरूलाई आर्थिक रूपमा

Comments Off on पनौतीमा महिला आत्मनिर्भरताका लागि निङ्गालो हस्तकला तालिम सुरु: ज्योति मिर्मिरे साकोसको समन्वय

व्याजदर परिमार्जन सम्बन्धमा २०८३-०२-०९

By |५ महिना अगाडि|Categories: Notices|

Comments Off on व्याजदर परिमार्जन सम्बन्धमा २०८३-०२-०९

ग्लोबल मनि विक (Global Money Week) २०२६ को सन्दर्भमा समुदायमा वित्तीय साक्षरता

By |७ महिना अगाडि|Categories: News and Activities|

ग्लोबल मनि विक (Global Money Week) २०२६ को सन्दर्भमा ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्था लि. (JMS) ले समुदायमा वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यका साथ सञ्चालन गरेको "स्कुल–स्कुलमा जेएमएस" अभियान अन्तर्गत बनेपा–५ स्थित हिमालय माध्यमिक विद्यालयमा एक विशेष कार्यक्रम सम्पन्न भएको छ। "आफ्नो पैसा सुरक्षित गरौँ, आफ्नो भविष्य सुरक्षित गरौँ" भन्ने मूल नारालाई आत्मसाथ गर्दै आयोजित उक्त कार्यक्रममा विद्यालयका ४१ जना विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा विद्यार्थीहरूलाई सानै उमेरदेखि बचत गर्ने बानीको विकास, फजुल खर्च नियन्त्रण, र सहकारीको माध्यमबाट आर्थिक अनुशासन कसरी कायम गर्ने भन्ने विषयमा व्यवहारिक ज्ञान प्रदान गरिएको थियो। यस कार्यक्रमले विद्यार्थीहरूमा पैसाको सही व्यवस्थापन

Comments Off on ग्लोबल मनि विक (Global Money Week) २०२६ को सन्दर्भमा समुदायमा वित्तीय साक्षरता

राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट इजाजतपत्र प्राप्त

By |९ महिना अगाडि|Categories: News and Activities|

यस ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्था लि.बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखिकरण मापदण्ड, २०८२ को दफा ४ बमोजिम राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा दर्ता भई संस्थाले सञ्चालनको इजाजतपत्र प्राप्त गरेको छ।

Comments Off on राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट इजाजतपत्र प्राप्त
Go to Top