esx69

रजत वर्ष महोत्सव समारोह २०८१

By |१ वर्ष अगाडि|Categories: News and Activities|

ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्था लि.२५ औं वर्षमा प्रवेश गरेको अवसरमा आयोजित रजत वर्ष महोत्सव समारोह २०८१ संस्थाका अध्यक्ष श्री उद्धव सापकोटाको अध्यक्षता र नेपाल सरकार भुमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री माननीय श्री बलराम अधिकारी ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । उक्त कार्यक्रममा प्रमुख अतिथि माननीय मन्त्री श्री बलराम अधिकारीले संस्थाको हालको अवस्था, कारोबारको स्थिति र क्रियाकलापका आधारमा संस्था सुशासनमा रहेको र यस संस्थाले समुदायमा गरेका विविध क्रियाकलापहरुका आधारमा समुदायमा आधारीत संस्था भएकाले संस्थाको उत्तरोउत्तर प्रगति र सफलताको शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा राष्ट्रिय सहकारी महाँसंघ, नेफ्स्कुन, बागमती प्रदेश सहकारी संघ, बागमती प्रोस्कुन, जिल्ला

Comments Off on रजत वर्ष महोत्सव समारोह २०८१

अन्तर सहकारी स्तरीय मैत्रीपूर्ण टेबल टेनिस प्रतियोगिता

By |१ वर्ष अगाडि|Categories: News and Activities|

ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्था लि। पनौती–६,नमोबुद्धरोड काभ्रेको संस्था स्थापनाको २५ वर्ष पुगेको अवसरमा रजत वर्ष २०८१ मनाउने सन्दर्भमा आयोजित अन्तर सहकारी स्तरीय मैत्रीपूर्ण टेबल टेनिस प्रतियोगिता संस्थाका अध्यक्ष श्री उद्धव सापकोटाले व्यानर बाचन गरि सुरु गरिएको कार्यक्रममा सामुदायिक साकोस, विन्धवासिनि साकोस, बुडोल सामुदायिक साकोस, आर्थिक विकास मित्र साकोस,उद्यम विकास साकोस, रोशि साकोस र ज्योति मिर्मिरे सामूहिक साकोस सहितसातवटा संस्थाको सहभागिता रहेको थियो । नकआउट चरणमा खेलाईएको उक्त खेलमा पाँचखाल न.पा. वडा नं ४ स्थित आर्थिक विकास मित्र साकोस प्रथम, पनौती न.पा. वडा नं ६स्थित ज्योति मिर्मिरे सामूहिक साकोस द्धितिय,पनौती न.पा.वडा नं ४ स्थित सामुदायिक साकोस तृतिय

Comments Off on अन्तर सहकारी स्तरीय मैत्रीपूर्ण टेबल टेनिस प्रतियोगिता

व्यवस्थापनको तर्फबाट स्वागत तथा बधाई कार्यक्रम

By |१ वर्ष अगाडि|Categories: News and Activities|

संस्थाका प्रमुख कार्यकारी अधिकृत ज्यूको सभापतित्वमा नव निर्वाचित सञ्चालक तथा लेखा सुपरीवेक्षण समितिका पदाधिकारीहरुलाई व्यवस्थापनको तर्फबाट स्वागत तथा बधाई कार्यक्रम संस्थाको सभाहलमा सम्पन्न ।

Comments Off on व्यवस्थापनको तर्फबाट स्वागत तथा बधाई कार्यक्रम

संस्थाकाे संयुक्त साधारण सभाको प्रथम एकाई बैठक

By |१ वर्ष अगाडि|Categories: News and Activities|

साविक ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्था लि. पनौती न.पा.६ र युवा स्वावलम्बन बहुउद्धेश्यीय सहकारी संस्था लि. बेथानचोक गा.पा. २ बिच एकीकरण भई बनेकाे ज्याेति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्थाकाे संयुक्त साधारण सभाको प्रथम एकाई बैठक बेथानचोक–२, पार्वति मा.वि.को प्राङ्गणमा संस्थाका अध्यक्ष उद्धव सापकोटाको सभापतित्वमा १३६५ जना शेयर सदस्यहरुको उपस्थितीमा सम्पन्न भयाे  ।

Comments Off on संस्थाकाे संयुक्त साधारण सभाको प्रथम एकाई बैठक

आवश्यकता सम्बन्धि सूचना

By |२ वर्ष अगाडि|Categories: Uncategorized|

प्रथम पटक प्रकाशित २०७४ असार १५ गते ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्था लि समुदायमा आधारित रही पूर्ण व्यवसायिक साकोस विकास कार्यक्रम program for Building Absolute and professionalization मा सहभागी भै संचालन भएको स्तरीय सेवा सहितको उत्कृष्ठ वित्तिय सहकारी संस्था हो । यस संस्थालाई देहाय बमोजिमका कर्मचारी आवश्यक परेको हुदाँ इच्छुक नेपाली नागरिकहरुबाट पहिलो पटक प्रकाशित सूचनाको मितिले १५ दिन भित्र दरखास्त आह्वान गरिन्छ । विज्ञापन नं. ः ००१ विज्ञापन हुने पद ः बजार प्रतिनिधी तह ः दोस्रो आवश्यक संख्या ः केही आवश्यक न्यूनतम योग्यता ः १०+२ उत्तिर्ण वाञ्छनिय योग्यता ः सहकारी क्षेत्रमा बजार प्रतिनिधी भई काम गरेको

Go to Top